निर्वाचन आयोगले भन्यो– तोसिमालाई घण्टी नबजाउन भनिएको छैन

आयोगले भनेको छ, ‘‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ।’’

नेपालभ्युज

निर्वाचन आयोगले भन्यो– तोसिमालाई घण्टी नबजाउन भनिएको छैन

काठमाडौं । निर्वाचन आयोगले ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न नभनिएको स्पष्ट पारेको छ।

आयोगको आधिकारिक फेसबुक पेजमार्फत आयोगले यस्तो प्रष्टीकरण दिएको हो।

तोसिमा कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीले आयोगबाट आफूहरुलाई घण्टी नबजाउन निर्देशन आएको दाबी गरेका थिए।

आयोगले भनेको छ, ‘‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved