उत्तर कोरियाद्वारा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

नेपालभ्युज

उत्तर कोरियाद्वारा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी। उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटका लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ ।

उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको सुकचोनबाट पूर्वी समुद्र अर्थात् जापानको सागरमा स्थानीय समयअनुसार बुधबार दिउँसो १५ः ३१ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानले पनि पुष्टि गरेको छ । जापान सरकारले ट्विट गर्दै प्योङयाङले “संदिग्ध ब्यालेस्टिक क्षेप्यास्त्र” प्रक्षेपण गरेको जनाएको छ।

यस महिनाको सुरुमा पनि उत्तर कोरियाले एक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रसहित प्रहार गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved