काठमाडौं। बुधबार सेयर बजारमा २ प्रतिशतको उच्च गिरावट भएको छ । बुधबार बजार परिसूचक नेप्से ३९.१५ अंकले गिरावट भएर १९१७.२२ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ४.७३ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा उच्च गिरावट भए पनि कारोबार भने १ अर्ब ४० करोड नाघको छ । ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख ९५ हजारको कारोबार भएको छ ।
जसमध्ये नेस्डो समृद्धि लघुवित्तको सर्वाधिक ६ करोड ७८ लाख २८ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ८ लाख ४९ हजार र हिमालयन डिस्टिलरीको ५ करोड १० लाख ११ हजारको कारोबार भएको छ ।
बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १८१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ ।
Facebook Comment
Comment