अमेरिकामा मध्यावधि चुनावमा मतदान शुरु

नेपालभ्युज

अमेरिकामा मध्यावधि चुनावमा मतदान शुरु

वाशिङ्गटन । अमेरिकामा मंगलबार मध्यावधि निर्वाचनमा मतदान शुरु भएको छ। रिपब्लिकनहरूले कङ्ग्रेसको बहुमतलाई चुनौती दिदै अर्को दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्न र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस फर्कने बाटो खुला गर्ने दाबी गरिरहेका छन् ।

देशको पूर्वी तटमा मतदान केन्द्रहरू बिहान ६:०० बजेदेखि खुला गरिएका छन् । प्रतिनिधि सभा र सिनेट दुवै सदनको लागि लागि चार करोडभन्दा बढी मतदाताहरूले देशभर पूर्व-निर्वाचन मतदानमा मतदान गरिसकेका छन्। एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved