डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो

नेपालभ्युज

डेंगुका बिरामीको संख्या ३० हजार नाघ्यो
सांकेतिक तस्वीर

भेन्टियान । लाओसमा जनवरी २०२२ यता डेंगु ज्वरोबाट सङ्क्रमितको सङ्ख्या ३० हजार २९ पुगेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ। लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रले मङ्गलबार जारी गरेको प्रतिवेदनले देशमा डेंगु ज्वरोका ४३ नयाँ बिरामी देखिएकोर २२ जनाको मृत्यु भएको  बताएको छ ।

सबैभन्दा बढी डेंगुका बिरामी लाओको राजधानी भेन्टियानमा १४ हजार ७८८, लुआङ नम्था प्रान्तमा ४ हजार ३५६ र अटापेउ प्रान्तमा १ हजार ५ सय ७१ जनामा भेटिएका छन् ।
लाओ स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी विधिको रूपमा पाँचवटा सरल उपायहरू सुझाव दिएको छ जुन यस क्षेत्रभरका घरपरिवारले अभ्यास गरिरहेका छन्।

यी उपायहरूमा सबै प्रयोग नगरिएका कन्टेनरहरू बन्द गर्ने र सिल गर्ने, सबै पानीका भाँडाहरू बाहिर खुला नराख्ने, घरवरिपरि सफा राख्ने र साना गप्पी माछाहरू राख्ने जसले लामखुट्टे खाने गर्द्छन् । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved