नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफनद्वारा संन्यास घोषणा

नेपालभ्युज

नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफनद्वारा संन्यास घोषणा
ADELAIDE, AUSTRALIA - NOVEMBER 06: Stephan Myburgh of the Netherlands during the ICC Men's T20 World Cup match between South Africa and Netherlands at Adelaide Oval on November 06, 2022 in Adelaide, Australia. (Photo by Sarah Reed/Getty Images)

काठमाडौं। नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफन माइबर्गले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । नेदरल्यान्ड्सका लागि आईसीसी टी–ट्वान्टी विश्वकप खेलेका स्टेफनले प्रतियोगितापछि संन्यास घोषणा गरेका छन् ।

उनले अब परिवारसँग समय बिताउनका लागि आफूले सन्यास लिएको बताए । ३८ वर्षीय स्टेफनले सन् २०११ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

उनले २२ एकदिवसीय र ४५ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । प्रिटोरियामा जन्मिएका उनले सन् २००६ मा आफ्नो क्रिकेट करियर सुरु गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved