काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिले नेपाल पुलिस क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पुलिसले मधेसलाई २७४ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको पुलिसले ४९ ओभर १ बलमा अलआउट हुँदा २७३ रन बनायो । पुलिसका लागि आरिफ शेखले ८६ बलमा ७३ रन बनाए । आरिफले ६६ बलमा ६ चौकासहित अर्धशतक पूरा गरे ।
यस्तै, अमित श्रेष्ठले ६५ रन र दीपेन्द्र सिंह ऐरीले ५१ रन बनाए । अमितले भने ७१ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । दीपेन्द्रले भने ४२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाए । मधेसका लागि भने रुपेश सिंहले ३ तथा राजेश यादव र मोहम्मद आदिल आलमले २–२ विकेट लिए ।
यसअघि, नै पुलिस र मधेस सेमिफइनल पुगिसकेका छन् । समूह ‘बी’को यो अन्तिम खेलले विजेता र उपविजेता तय हुनेछ । दुवै टोली विजेता बन्दै सेमिफाइनल खेल्ने योजनामा रहेका छन् ।

Facebook Comment
Comment