लौरो अभियानसँग मेरो कुनै सम्बन्ध छैन : बालेन

नेपालभ्युज

लौरो अभियानसँग मेरो कुनै सम्बन्ध छैन : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

निर्वाचन आयोगले १८ कात्तिकमा मेयर शाहलाई सोधेको  स्पष्टीकरणको जवाफ  दिदैं मेयर शाहले यस्तो स्पष्ट पारेका हुन् ।

लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको भन्दै   प्रचार गरिएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो ।

‘स्थानीय सदस्य निर्वाचन-२०७९ मा म स्वतन्त्र उम्मेदवारका रुपमा लौरो चुनाव चिन्ह प्राप्त गरी काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार भई निर्वाचित भएको हुँ । यही ४ मंसिर २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह प्राप्त गरी चुनावमा सहभागी भैरहेको उक्त दल र उक्त दलका कुनै पनि उम्मेदवारसँग मेरो कुनै सम्बन्ध छैन’, आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिंदै उनले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved