नेप्सेमा सामान्य गिरावट, २ अर्ब माथिको कारोबार रकम

नेपालभ्युज

काठमाडौं। सोमबार नेप्सेमा सामान्य गिरावट आएको छ । दिनभर तीव्र उतारचढाब देखिएको बजार परिसूचक नेप्से अन्तिममा ६.४३ अंक (०.३३ प्रतिशत) को सामान्य गिरावट भएर बन्द भएको छ ।

सोमबार व्यापार, लगानी, जीवन बीमा, अन्य र म्युचुअल फन्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । उत्पादनमूलक उपसूचक सर्वाधिक १.२१ प्रतिशतले गिरावट भएको छ ।

एक सातामा १०० अंकभन्दा माथिले नेप्सेमा वृद्धि हुँदा लगानीकर्ताले नाफा बुक गर्ने प्रयास गरेको थिए । जसले गर्दा सोमबार नेप्सेमा तीव्र उतारचढाब देखियो भने कारोबार रकम पनि बढेर २ अर्ब नाघेको छ ।

सोमबार नेप्से ४९ लाख ४४ हजार ७६ कित्ता सेयर कारोबार हुँदा २ अर्ब १० करोड ९१ लाख ६३ हजारको कारोबार भएको छ । जसमध्ये जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक १५ करोड १६ लाख १३ हजार रुपैयाँको कारोबार हुँदा शिवम् सिमेन्टको ११ करोड ३९ लाख ५० हजार र नेस्डो समृद्धि लघुवित्तको १० करोड ६२ लाख ४० हजारको कारोबार भएको छ ।

सोमबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार हुँदा १२६ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ५६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved