सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार

सीता लामो समययता पार्किन्सजस्तो देखिने दुर्लभ रोगबाट पीडित छिन् ।

नेपालभ्युज

सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार
फाइल तश्वीर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । स्वास्थ्य बिग्रिएपछि उनलाई सोमबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । भेन्टिलेटरमा राखेपछि उनको अक्सिजन लेबल लगायतका सबै भाइटलमा सुधार देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । यद्यपी तत्कालै भेन्टिलेटरबाट निकाल्ने अवस्था भने नरहेको उनीहरुको भनाई छ ।

सीता लामो समययता पार्किन्सजस्तो देखिने दुर्लभ रोगबाट पीडित छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved