प्रधानमन्त्री कप : रोशनको अर्धशतकमा बागमतीलाई १९१ रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप : रोशनको अर्धशतकमा बागमतीलाई १९१ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिले मधेश र बागमतीबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा मधेशले बागमतीलाई १९१ रनको लक्ष्य दिएको हो ।

टस जितेर ब्याटिङ राजेको मधेसले ४६.२ ओभरमा १९० रनमा अलआउट भयो । मधेसका लागि रोशन बिकले ६३ र सन्तोष कार्कीले २३ रन बनाए। रोशनले ८० बलमा ६ चौका र २ छक्का हान्दै अर्धशतक पूरा गरे ।

बागमतीका लागि नन्दन यादव र सूर्य तामाङले ३–३ विकेट लिए । रामनरेश गिरी र प्रतिश जैसीले २–२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved