तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु

नेपालभ्युज

तान्जानियामा विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं। आँधीसहितको खराब मौसम का कारण तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा विमान दुर्घटना भएको बीबीसीले जनाएको छ।

दार ए सलामबाट उडेको विमान लेकसाइड सहर बुकोबामा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको हो । विमानमा ४३ जना यात्रु रहेको बीबीसीको समाचारमा उल्लेख छ।

उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकालेका छन्। विमान दुर्घटना भएपछि एकजना उडान परिचरले पछाडिको ढोका खोलेपछि यात्रुलाई बच्न सफल भएको उनीहरूले बताएका छन्। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।

उद्धार कार्यकर्ताहरूले मानिसहरूलाई डुङ्गामा चढ्न सघाइरहेको भिडियो सामाजिक सञ्जाल र मिडियामा देख्न सकिन्छ। दुर्घटना भएको प्रिसिजन एअर तान्जानियाको प्रमुख निजी वायुसेवा हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved