काठमाडौं। प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा लुम्बिनीले दोस्रो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतबार भएको खेलमा लुम्बिनीले प्रदेश १ लाई ३९ रनले पराजित गरेको होे । प्रदेश १ को यात्रा भने समाप्त भएको छ।
२९१ रनको लक्ष्य पछयाएको प्रदेश १ ४६ ओभरमा २५१ रनमा अलआउट भयो । प्रदेश १ का लागि सिद्धान्त लोहनीले ६० बलमा ७४ रन बनाए पनि पर्याप्त हुन सकेन ।
सिदान्तले ३७ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक बनाए । अंकित सुवेदीले ४८ बलमा १० चौका प्रहार गर्दै ५२ रन बनाए । निरज मुखियाले भने ४६ रन बनाए । लुम्बिनीका लागि दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले २–२ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायोे । लुम्बिनीका लागि देव खनालले ९८ बलमा ११ चौका प्रहार गर्दै ८९ रन बनाए ।
उनले ५९ बलमा ७ चौका हान्दै अर्धशतक पूरा गरे । यस्तै, आकाश त्रिपाठीले ४५ र सन्दीप रजालीले ४४ रन बनाए । प्रदेश १ का लागि दिपक जोशीले ४ र सर्वन यादवले २ विकेट लिए ।

Facebook Comment
Comment