प्रधानमन्त्री देउवा चुनावीसभालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने

नेपालभ्युज

प्रधानमन्त्री देउवा चुनावीसभालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने
फाइल तस्वीर।

काठमाडौैं। चार दिनदेखि गृहजिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज थप दुई चुनावीसभालाई सम्बोधन गरी काठमाडौं फर्किने कार्यक्रम छ।

उनले बिहीबार अमरगढी, शुक्रबार दुई वटा पालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चुनावीसभा र शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकामा आयोजित सभालई सम्बोधन गरिसकेका छन्।

प्रधानमन्त्री देउवाले आज आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे पर्शुराम नगरपालिकाको जोगबुडामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए।

सात वटा पालिकाका चुनावीसभा सकेर उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको डडेल्धुरा सभापति साउँदले जानकारी दिए। प्रधानमन्त्री देउवा सातै प्रदेशमा हुने आमसभाका लागि पुग्ने कार्यक्रम रहेको पनि उनका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved