प्रधानमन्त्री कप : देवको अर्धशतकमा प्रदेश १ लाई २९१ रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप : देवको अर्धशतकमा प्रदेश १ लाई २९१ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिले लुम्बिनी र प्रदेश १ बीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले प्रदेश १ लाई २९१ रनको लक्ष्य दिएको हो ।

टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २९० रन बनायोे । लुम्बिनीका लागि देव खनालले ९८ बलमा ११ चौका प्रहार गर्दै ८९ रन बनाए । उनले ५९ बलमा ७ चौका हान्दै अर्धशतक पूरा गरे ।

यस्तै, आकाश त्रिपाठीले ४५ र सन्दीप रजालीले ४४ रन बनाए । प्रदेश १ का लागि दिपक जोशीले ४ र सर्वन यादवले २ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved