वायु प्रदुषणका कारण नयाँ दिल्लीमा स्वास्थ्य संकटकाल, विद्यालय बन्द

नेपालभ्युज

वायु प्रदुषणका कारण नयाँ दिल्लीमा स्वास्थ्य संकटकाल, विद्यालय बन्द

नयाँ दिल्ली। वायु प्रदुषण बढेसँगै भारतको राजधानी दिल्लीमा स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । वायु प्रदूषण अन्यन्तै खतराको तहमा पुगेपछि दिल्ली सरकारले स्वास्थ्य संकटकालको घोषणा गरेको हो । सरकारले अर्को आदेश नआएसम्मको लागि प्राथमिक विद्यालय बन्द गरेको छ ।

साना बालबालिकालाई घरबाट बाहिर ननिस्कन भनिएको छ । त्यस्तै प्राथमिक तहमाथिका विद्यालयमा विद्यार्थीका लागि बाहिरी गतिविधिहरू नगर्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । कर्मचारीलाई घरैबाट काम गर्न सुविधा दिइएको छ । विश्वको सबैभन्दा प्रदूषित राजधानी दिल्लीको हावा स्वास्थ्यको लागि गम्भीर जोखिम छ ।

हावाको प्रदुषण ६० एक्यूआई भन्दा माथि जाँदा स्वास्थ्यको लागि हानिकारक मानिएकोमा दिल्लीमा हावाको गुणस्तर सूचकाङ्क ४ सयमाथि पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved