मेयर बालेन शाहलाई आयोगले सोध्यो स्पष्टीकरण

नेपालभ्युज

मेयर बालेन शाहलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख शाहलाई सो पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारले ‘जय लौरो’ नामक फेसबुक पेजसमेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचार–प्रसारबारे स्पष्टीकरण सोधेको छ ।

देशको राजधानी सहरसमेत रहेको महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा उक्त दलसँग कुनै आबद्धता नै रहे/भएको जस्तो गरी शाहको तस्वीर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित पत्र पठाएको हो ।

‘निर्वाचन आयोग नेपालले कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ, संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानुनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन, कानुनको परिकल्पनाभन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानुनबाहेकका कानुनको उल्लङ्घन हुनसक्ने विषयमा समेत आयोग सचेत छ’, आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानुनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन अनुरोध छ ।’

आयोगले शाहलाई इञ्जीनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईँको कुनै आबद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने उक्त दलले तस्वीर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकाले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर सोधेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved