काठमाडौं। फिनल्यान्डकी प्रधानमन्त्री ३६ वर्षीया सन्ना मरिन आफ्ना साथीहरूसँग उन्मुक्त नाचेको भिडियो सार्वजनिक भएपछि गरिएको एक अनुसन्धानले उनलाई ‘क्लिन चिट’ दिएको छ । प्रधानमन्त्री मरिन पार्टीको समय ‘कर्तव्य गर्न पुरा गर्न सक्ने स्थितिमा नरहेको भन्ने’ उजुरीका बीच उनीमाथि अनुसन्धान गरिएको थियो ।
सन् २०१९ मा विश्वकी सबैभन्दा कान्छी सरकार प्रमुख बनेर विश्वभर चर्चा कमाएकी मरिनको पार्टीको भिडियो बाहिरिएपछि उनी विवादमा तानिएकी थिइन् । मन्त्रीहरूको काम कारबाहीको निरीक्षण गर्ने स्वतन्त्र कार्यायल चान्सलर अफ जस्टिसले पार्टीको समय सन्ना मरिनले उनको जिम्मेवारीलाई बेवास्ता नगरेको निष्कर्ष निकालेको छ ।
‘प्रधानमन्त्रीको हर्कतमा कुनै गैरकानुनी आचरण वा जिम्मेवारीबाट विमुख भएको शंका गर्ने ठाउँ छैन,’ चान्सलर अफ जस्टिसका प्रमुख टुमास पोइस्टीले आफ्नो निर्णयमा लेखेका छन् ।
चान्सलर अफ जस्टिसमा मुख्यत: ‘मरिनले पार्टीमा देखाएको हर्कत एक प्रधानमन्त्रीको लागि अनुपयुक्त रहेको र उनले फिनल्यान्डको ‘प्रतिष्ठा र सुरक्षा’लाई धक्का दिएको’ भन्ने उजुरी दिएका थिए ।
Facebook Comment
Comment