रुसको नाइट क्लबमा अचानक आगलागी, १३ जनाको मृत्यु

नेपालभ्युज

रुसको नाइट क्लबमा अचानक आगलागी, १३ जनाको मृत्यु

मस्को। रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो।

आगो ३, ५०० वर्ग मिटर क्षेत्रमा फैलिएको थियो। घटनाबारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved