डा. तोसिमा कार्की भन्छिन्- मलाई संसद् छिर्न कसैले रोक्न सक्दैन (भिडिओसहित)

न कार्यकर्ताको भीड, न माइक, न झन्डा, न लावालस्कर गाडी। मात्र अनुहारमा मुस्कान, अभियानमा निरन्तरता। कलिलो उमेरकी हँसिली एक युवती साडीमा कोट लगाएकी। केही युवाहरू उनको अघिपछि हातमा राष्ट्रिय झन्डा र पर्चा लिएर हिँडिरहेका थिए। उनी थिइन् ललितपुर ३ की प्रतिनिधिसभा उम्मेदवार तोसिमा कार्की।

नेपालभ्युज

डा. तोसिमा कार्की भन्छिन्- मलाई संसद् छिर्न कसैले रोक्न सक्दैन (भिडिओसहित)

काठमाडौं। न कार्यकर्ताको भीड, न माइक, न झण्डा, न लावालस्कर गाडी, मोटरसाइकल। मात्र अनुहारमा मुस्कान, अभियानमा निरन्तरता।

कलिलो उमेरकी हँसिली एक युवती साडीमा कोट लगाएकी। शुक्रबार साँझ पाटनढोका अगाडि भेटिदा उनकाे अघिपछि केही युवाहरू हातमा राष्ट्रिय झन्डा र केही पर्चा लिएर हिँडिरहेका देखिए।

त्याे टाेली बाटोमा, सवारीमा हिँड्दै गरेका घरमा भेटिएका मान्छेहरूलाई नमस्कार गर्दै थियाे। टाढाका बटुवाहरूलाई परैबाट हात हल्लाएर अभिवादन गरिरहेका देखिन्थे।

घर, पसल, बाटोमा भेटिएका मानिसहरूलाई ती युवती आफ्नो परिचयसहित केही कुरा राख्थिन्। भेटिएका मानिसहरूले दिएका सल्लाह सुझाव डायरीमा टिप्थिन्। उनको सानो टोली आउँदो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भोटका लागि अनुरोध गर्दै अगाडि बढेको रहेछ।

उनी थिइन् पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ की प्रतिनिधिसभा उम्मेदवार तोसिमा कार्की। नेपाल मेडिकल काउन्सिलको सदस्य तथा जनरल सर्जन तोसिमा चुनावी मैदानमा होमिएकी छन्।

लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपछि उनी सर्वोच्च अदालत गइन्। सर्वोच्चले उम्मेदवारी खारेज नगर्न आदेश दिएपछि तोसिमाले आफ्नो चुनावी प्रचार झन् आक्रामक बनाएकी छिन्।

आफ्नो जित सुनिश्चित भइसकेकाले राजनीतिक दबाबको अधारमा निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको उनको तर्क छ। अब सर्वोच्च अदालतबाट आफूले न्याय पाएको संसद् भवन छिर्न सफल हुने उनको विश्वास छ।

नेपाल भ्युजको जिज्ञासामा तोसिमाले भनिन् ‘‘मेरो जित निश्चित भएपछि ठूला दलको दबाबमा मेरो उम्मेदवारी खारेज गरियो। अब न्याय पाएको छु। संसद् भवन छिर्न कसैले रोक्न सक्दैन।’’

जित्ने आधार यसरी सुनाउँछिन्

राजनीतिभित्रको विकृति हटाउन आफू उम्मेदवार भएको उनी बताउँछिन्। ‘‘ठूला दलहरूले चुनाव जित्ने तर जनताका लागि नगर्ने, आफ्नो लागि मात्र गर्ने गर्दै आए। राष्ट्र र जनताप्रति धोका दिँदै आए। राजनीतिलाई बदनाम बनाउने काम भयो। अब सुधार गर्नका लागि मेरो दल र मेरो उम्मेदवारी अगाडि बढेको  हो।’’

पुराना दलहरूबाट जनता वाक्क–दिक्क भएका र विकल्प खोजेकाले पनि आफू उपयुक्त विकल्प भएको उनको दाबी छ।

राष्ट्रियताको रक्षा गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न आफूले उम्मेदवारी दिएको उनी बताउँछिन्। ‘‘हामी धेरै राम्रो गर्न नसकौँला, तर अहिलेको जस्तो बेथिति हुन दिने छैनौँ। हामी जनताका सामान्य आवश्यकतालाई पूरा गर्न तर्फ लाग्छौँ। राम्रो डेलिभरी गर्नेछौँ। झुटा आश्वासन दिँदैनौँ।’’

भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved