प्रधानमन्त्री कपः आसिफको शतकमा कर्णालीलाई २३५ रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कपः आसिफको शतकमा कर्णालीलाई २३५ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिले एपीएफ क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा भईरहेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा एपीएफले कर्णालीलाई २३५ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ रोजेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदा २३४ रन बनायो। एपीएफको लागि आसिफले १३६ बलमा १५ चोका र १ छक्का प्रहार गर्दै १३० रन बनाए।

आसिफले ६२ बलमा ६ चौकासहित अर्धशतक पुरा गरे। १०८ बलमा १२ चौका प्रहार गर्दै आसिफले शतक बनाए।
यस्तै भुबन कार्कीले २३ र प्रदीप ऐरीले २० रनको योगदान गरे । कर्णालीका लागि प्रकाश जैसी र दिपेन्द्र रावतले ३–३ विकेट लिए।

एपीएफ तेस्रो जितको खोजीमा रहेको छ भने कर्णाली पहिलो जित निकाल्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved