राष्ट्रपति भण्डारी सोमबार आइसल्याण्ड जाने

नेपालभ्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार आइसल्याण्ड जाने भएकी छिन् ।

विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलको आयोजनामा  ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी सोमबार आइसल्याण्ड प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्नेछ ।

राष्ट्रपतिले ग्लोबल फोरममा अवार्ड ग्रहणसँगै आफ्नो मन्तव्य पनि राख्न मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी  सहभागी हुने छन् ।

राष्ट्रपति भण्डारी  १२ नोभेम्बरमा स्वदेश फर्कनेछिन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved