साताको सेयर बजार : ४७ अंकको वृद्धि, सवा ४ अर्बको कारोबार

नेपालभ्युज

साताको सेयर बजार : ४७ अंकको वृद्धि, सवा  ४ अर्बको कारोबार

काठमाडौं। लगातार घटेको सेयर बजार सूचक नेप्सेमा यो साता ४७ अंकको वृद्धि भएको छ । लामो समयपछि केही सुधारात्मक संकेत देखिएको यस हप्ता ४७ अंकले बढ्दै १९२२.१६ अंकमा उक्लिएको हो ।

उसो त यस ४७ अंकले बढेको यस हप्ता कारोबार रकममा समेत बढोन्नति आएको छ । तिहार तथा छठपछि सोमबारदेखि बिहीबार चार दिन खुलेको बजारमा कुल ४ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी मंगलबार अर्थात् कात्तिक १६ गते १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, दोस्रो दिन कात्तिक १५ गते १ अर्ब २५ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कात्तिक १४ गते र १७ गते भने क्रमशः ६७ करोड ३६ लाख ३८ हजार रुपैयाँ र ८५ करोड ४५ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तथापि, सबैभन्दा बढी कात्तिक १५ गते (मंगलबार) ५६.१ अंकले नेप्से सूचक वृद्धि भएको थियो । साताको तीन दिन लगातार बढेको नेप्सेमा अन्तिम दिन बिहीबार भने १६ अंकले घटेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved