स्कुले विद्यार्थीमाझ भाषण दिएपछि कोमल वली विवादमा

निर्वाचन आचारसंहिताविपरित चुनावी कार्यक्रममा बालबालिका प्रयोग गरेपछि दाङ क्षेत्र नं. ३ बाट नेकपा एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली विवादमा तानिएकी छिन्।

नेपालभ्युज

स्कुले विद्यार्थीमाझ भाषण दिएपछि कोमल वली विवादमा
फाइल तस्वीर

काठमाडौं। निर्वाचन आचारसंहिताविपरित चुनावी कार्यक्रममा बालबालिका प्रयोग गरेपछि दाङ क्षेत्र नं. ३ बाट नेकपा एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली विवादमा तानिएकी छिन्।

दाङको बबई – १ गँगटेस्थित सरस्वती जनता माविका विद्यार्थीलाई राखेर विद्यालयमै भाषण दिएपछि उनी विवादमा परेकी छिन्। उनले कार्तिक १५ गते सो कार्यक्रम गरेकी थिइन्।

चुनावका बेला विद्यार्थीलाई राखेर विद्यालयमै उक्त कार्यक्रम गरेपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आलोचना भइरहेको छ।

निर्वाचन आचारसंहिताले चुनावी भेला र प्रचार प्रसारमा बालबालिकालाई प्रयोग गर्न रोक लगाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved