प्रधानमन्त्री कपः एपीएफ र गण्डकीबीचको खेल ‘टाई’

नेपालभ्युज

प्रधानमन्त्री कपः एपीएफ र गण्डकीबीचको खेल ‘टाई’

काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एपीएफ र गण्डकी प्रदेशबीचको खेल ‘टाई’ भएको छ । मूलपानी क्रिकेट मैदानमा शुक्रबार खेल बराबरी भएपछि दुवै टोलीले अङ्क बाँडेका छन् ।

११६ रनको लक्ष्य पछ्याएको गण्डकी ११५ रनमा अलआउट भएपछि खेल बराबर भएको थियो । अन्तिम विकेट रहँदा जितका लागि १ रन चाहिएकोमा एपीएफका मौसम ढकालले गण्डकीका कमल परियारलाई आउट गरेका थिए ।

गण्डकीले ३१ ओभरमा ११५ रन नै बनायो । अभिषेक बस्नेतले २४ र अर्जुन कुमालले १८ रन बनाए । एपीएफका लागि किशोर महतो र मौसम ढकालले ४–४ विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपीएफले ३५ ओभर १ बलमा सवै विकेट गुमाएर ११५ रन बनाएको थियो । भुवन कार्कीले अविजित २४ र पुरन विकले २३ रन बनाए । गण्डकीका लागि भने अमृत गुरुङ र सुबास भण्डारीले २–२ विकेट लिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved