निहारिका राजपुतलाई बालुवाटारबाट प्रहरीले नियन्त्रणमा लियो

नेपालभ्युज

निहारिका राजपुतलाई बालुवाटारबाट प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं। पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिका राजपूतलाई प्रहरीले केही बेर नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले पुष्टि गरे ।

उनले भने, ‘जहाँ पनि पत्रकार सम्मेलन गर्न पाइने भन्ने हुँदैन, त्यसैले त्यहाँ नबस्नुस् भनेर केहिवेर नियन्त्रणमा लिएर छाडिसकेका छौं ।’ आफूलाई कुमारी आमा बताउने राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् ।

उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved