प्रधानमन्त्री कप : सुदूरपश्चिमविरुद्ध आर्मी फराकिलो अन्तरले विजयी

नेपालभ्युज

प्रधानमन्त्री कप : सुदूरपश्चिमविरुद्ध आर्मी फराकिलो अन्तरले विजयी

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमविरुद्ध फराकिलो अन्तरको जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार आर्मीले सुदूरपश्चिमलाई १६९ रनले पराजित गरेको हो ।

२८३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २९ ओभर ४ बलमै अलआउट भयो । उसको लागि बसन्त खत्रीले २५ र गजेन्द्र भण्डारीले १७ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखियाले ३ र विक्रम सोबले २ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको आर्मीले ८ विकेट गुमाएर २८२ रन बनाएको थियो । उसको लागि अर्जुन साउदले ७३ र रोहित पौडेलले ५२ रन बनाए । अर्जुनले ५३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । रोहितले ५१ बलमा ४ चौका प्रहार गर्दै अर्धशतक बनाए । सुदूरपश्चिमका लागि गजेन्द्र बोहोरा र हेमन्त धामीले २–२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved