चुच्चे नक्सा एमालेको चुनावी एजेण्डा, दार्चुलाबाट सुरु हुँदै आमसभा

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी आमसभा सुरु गर्ने भएको छ। दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले चुच्चे नक्सालाई प्रमुख चुनावी एजेण्डा बनाउने उद्देश्यका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा आयोजना गर्ने आमसभालाई पनि ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा ओली नेतृत्वको सरकारको पालमा जारी भएको थियो। त्यसैलाई एमालेले चुनावी एजेण्डा बनाइरहेको छ।

निर्वाचन आयोगले नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनाव प्रचाप्रसारका लागि हेलिकप्टर प्रयो गर्न अनुमति दिएको छ। दलहरूले हिजोबाट चुनावी आमसभा गर्न आयोगबाट अनुमित पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved