प्रधानमन्त्री कप : मधेसको विजयी सुरुवात

नेपालभ्युज

प्रधानमन्त्री कप : मधेसको विजयी सुरुवात

काठमाडौ। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेसले प्रदेश १ लाई ७२ रनले पराजित गरेको हो ।

प्रदेश १ ले फिल्डिङ रोजेसँगै मधेस ब्याटिङमा उत्रियो । मधेस ४८ ओभर १ बलमा प्याक हुँदा २१४ रन बनाउन सफल भयो। उसको लागि अनिल शाहले ६१ र विवेक यादवले ३२ रन बनाए । प्रदेश १ का लागि फिर्दाेश अन्सारीले ५ र सिद्धान्त लोहनीले ३ विकेट लिए ।

२१५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको प्रदेश १ ४३ ओभर १ बलमा प्याक हुँदा मात्र १४२ रन बनाउन सक्यो। प्रदेश १ का लागि लभ कामतले २९ र विवेक आनन्द मेहेताले २५ रन बनाए । मधेसका लागि मोहम्मद आदिल आलम र रूपेश सिंहले २–२ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved