काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार, मंगलबार र बुधबारको कारोबार दिनमा करिब ८० अंकले लगातार बढेको नेप्से बिहीबार भने घटेर बन्द भएको छ।
बिहीबार बजार परिसूचक नेप्से १६.१४ अंक (०.८३ प्रतिशत) ले गिरावट भएर १९२२.१६ अंकमा बन्द भएको हो । बिहीबार जीवन बिमा र निर्जीवन बिमा उपसूचकमा सामान्य वृद्धि भए पनि अन्य सबै उपसूचक घटेको छ । जीवन बिमा उपसूचक ०.०२ प्रतिशत र निर्जीवन बिमा उपसूचक ०.०१ प्रतिशतले घटेको छ ।
नेप्सेमा करेक्सन हुँदा कारोबार रकम पनि घटेको छ । मंगलबार १ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार करिब डेढ अर्ब पुगेको थियो । तर, बिहीबार भने कारोबार रकम घटेर पुनः अर्बबाट तल झरेको छ ।
Facebook Comment
Comment