काठमाडौं। ग्रिकको इभामा अवस्थित समुद्री किनारबाट २० जना यात्रीको शव निकालिएको बताइएको छ । उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरूले जानकारी दिएका छन् । उद्धारकर्मीहरूका अनुसार सो क्षेत्रमा मङ्गलबार त्यहाँ डुङ्गा डुब्दा ती यात्री हराएका थिए ।
मङ्गलबारदेखि उद्धारकर्मीहरुले खोजी जारी राखेका र बुधबार उनीहरूको शव भेटिएको बताएका छन् । ग्रिकको राष्ट्रिय समाचार समितिले डुङ्गा डुबेपछि मंगलबार नै उद्धारकर्मीहरू त्यहाँ पुगेका तर आँधीका कारण उद्धारको काममा कठिनाइ भएको बताएको छ । सोही दिन १२ जनालाई जिवीतै उद्धार गरिएको पनि सो समाचार समितिले जनाएको छ ।
त्यसमा परेका अरू २० जनाको शव बुधबार निकालिएको थियो ।
जीवितै उद्धार गरिएकाहरुले सो डुंगामा ६८ जना यात्रु रहेका जनाएका छन् । त्यस डुंगामा इजिप्ट, अफगानिस्तान र इरानका आप्रवासीहरू रहेका बताइएको छ ।-एजेन्सी
Facebook Comment
Comment