प्रधानमन्त्री कप : अनिलको अर्धशतकमा प्रदेश १ लाई २१५ रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप : अनिलको अर्धशतकमा प्रदेश १ लाई २१५ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अहिले मधेस र प्रदेश १ बीच प्रतिस्पर्धा भइरहेको छ । मूलपानी क्रिकेट मैदानमा जारीमा मधेसले प्रदेश १ लाई २१५ रनको लक्ष्य दिएको छ ।

प्रदेश १ ले फिल्डिङ रोजेसँगै मधेस ब्याटिङमा उत्रियो । मधेस ४८ ओभर १ बलमा प्याक हुँदा २१४ रन बनाउन सफल भयो। उसका लागि अनिल शाहले ६१ र विवेक यादवले ३२ रन बनाए । प्रदेश १ का लागि फिर्दाेस अन्सारीले ५ र सिद्धान्त लोहनीले ३ विकेट लिए ।

मधेस प्रदेश जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । प्रदेश १ दोस्रो जित निकाल्ने योजनामा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved