काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अहिले कर्णाली र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलको पहिलो इनिङ्समा गण्डकीले कर्णालीलाई २ सय ९ रनको लक्ष्य दिएको छ ।
गण्डकीले ५० ओभरमा ९ विकेट गुमाएर २०८ रन बनायो । उसको लागि अर्जुन कुमालले ४९ र अभिषेक बस्नेतले ५१ रन बनाए । कर्णालीका लागि अनुज चनाराले ४ र प्रकाश जैशीले ३ विकेट लिए । गण्डकी लगातार दोस्रो जित निकाल्न चाहन्छ भने कर्णाली प्रतियोगिता जितको साथ सुरु गर्ने योजनामा रहेको छ ।
यस्तै, मूलपानी क्रिकेट मैदानमा जारी अर्को खेलमा भने बागमतीले दिएको १५५ रनको लक्ष्यमा लुम्बिनीले जवाफी ब्याटिङ गरिरहेको छ ।
पहिले ब्याटिङ गरेको बागमती ३८ आभेर १ बलमा प्याक हुँदा मात्र १५४ रन बनाउन सफल भयो । बागमतीका लागि ज्ञानेन्द्र मल्लले ३३ र दुर्गेश थापाले ३२ रन बनाए ।
लुम्बिनीका लागि भने अनिल खरेलले ४ र अभिषेक गौतमले २ विकेट लिए । बागमती आफ्नो पहिलो जितको खोजीमा रहेको छ भने लुम्बिनी प्रतियोगिता जितको साथ सुरु गर्ने योजनामा छ ।
Facebook Comment
Comment