सन्दीपविरुद्ध किशोरीको बयान : आफू निदाएको बेला दुईपटक जबरजस्ती करणी गरे

नेपालभ्युज

सन्दीपविरुद्ध किशोरीको बयान : आफू निदाएको बेला दुईपटक जबरजस्ती करणी गरे
फाइल फोटो

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले आफूमाथि दुईपटक जबरजस्ती गरेको बयान दिएकी छन् । प्रहरीमा दिएको जाहेरीमा किशोरीले घटनाको बेलिबिस्तार लगाउँदै आफूमाथि भदौ ५ गते राती दुईपटक जबरजस्ती करणी भएको बयान दिएकी हुन् ।

जाहेरीमा किशोरीले आफू निदाएको बेला जबरजस्ती करणी भएको र एक घण्टापछि पुनः त्यही क्रम दोहोरिएको बताएकी छन् ।

सन्दीपले नगरकोटमा पुर्‍याएर त्यहीँ राख्न खोजेकोमा आफू त्यहाँ बस्न अस्वीकार गरी गाडीबाट नओर्लिएपछि आफूलाई काठमाडौं ल्याएर होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा दुईपटक बलात्कार गरिएको बताएकी छिन् ।

किशोरीको जाहेरीमा सन्दीपले भेट्नेबित्तिकै आफूलाई ‘नाइस टु मिट यु’ भन्दै अँगालो मारेको पनि उल्लेख गरेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved