जनकपुरधाममा छठ पुजाको तयारी पुरा, घाटहरूमा पण्डाल र बत्ती जडान सकियो

जनकपुरधाममा छठपूजाको तयारी पुरा भएको छ। छठपूजा विभिन्न पोखरी, तलाव र जलाशयहरूमा छठ घाट निर्माण गर पण्डाल र बत्तीहरू जडान तथा सजावटका कार्य सम्पन्न भएको छ।

जनकपुरधाममा छठ पुजाको तयारी पुरा, घाटहरूमा पण्डाल र बत्ती जडान सकियो

जनकपुरधाम। जनकपुरधाममा छठपूजाको तयारी पुरा भएको छ। छठपूजा विभिन्न पोखरी, तलाव र जलाशयहरूमा छठ घाट निर्माण गर पण्डाल र बत्तीहरू जडान तथा सजावटका कार्य सम्पन्न भएको छ।

छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत् रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो।

छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकहरूको भिड देखिन्छ । खासगरीे छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी सहितको नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, गागल, मूला, अदुवाको बोटलगायतका फलफूल, हरियो तरकारी, माटो तथा बाँसका सामग्री खरिद गर्नेको भिड बजारमा देख्न सकिन्छ।


छठ पूजामा आकर्षक सजावटका लागि नेपालमै सबैभन्दा बढी चर्चामा रहँदै आएको जनकपुरधामको गंगासागर पोखरी छठघाटको व्यवस्थापन र सजावटको काम सम्पन्न भएको छ।

साथै, व्रतालुहरू छठका लागि बाँसको नाङ्लो, ढाकी, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरालगायत फलफूल, उखु, भोगटे, कागती, सखरलगायतका पूजा सामग्री खरिदमा व्यस्त देखिएका छन्।

त्यस्तै छठ पूजामा नयाँ कपडा लाउनुपर्ने भएकाले कपडा पसलहरूमा पनि उत्तिकै भिड हुने गरेको छ । छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लीन भएर जुटेका छन्।

मध्य तराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि भएका छन्।
स्थानीय एफएम रेडियोहरूसमेत छठका गीतले गुञ्जायमान छन् भने बजारलाई छठका सामग्रीहरूले भरिभराउ छ।
करिब एक महिना अगावै माछा, मासु खान छाडेका महिलाहरू शुक्रबार लसुन र प्याज बिना खाना खाएका छन् । उनीहरूले आज खरना विधि सम्पन्न गरी रहरको दाल, लौका र भात खान्छन् ।

छठ पर्वलाई निकै कठिन पर्वका रुपमा लिइन्छ । सूर्य र जलको शक्ति र महत्त्व झल्काउने यस पर्वमा शुद्ध खाने कुरा खानुपर्ने र यस पर्वमा अन्नपानी नखाई तीन दिन भोकै बसी व्रत गर्ने चलन रहेको जनकपुरधामकी ७५ बर्सिया गङ्गा देवी कर्णले बताइन्।
छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गरेको संस्कृतिविद् डा. राजेन्द्र विमलले बताए।


तराईका जिल्लाहरूमा हिन्दु धर्ममा वर्ष भरी उदाउँदो सूर्यलाई मात्र पूजा गरिए पनि यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई विशेष रूपले पूजा गरिन्छ। छठ पर्वमा विशेष गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने कुरा सबैभन्दा विशेष र महत्त्वपूर्ण हुने गरेको संस्कृतिविद् डा. वमलको भनाइ छ ।
आफ्नो परिवारको खुसीका लागि यो पर्वमा महिलाहरूले व्रत लिने गरेका छन् । आफूले चाहेको आशीर्वाद छठीमाताले पूरा गरी दिने विश्वासका कारण व्रत बसेको क्षीरेश्वनाथ नगरपालिका ५ महेन्द्रनगर की पार्वती देवी झाले बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved