मधेसमा टुटेकै हो त सत्ता गठबन्धन ?

सहमति नभएका स्थानमा मित्रवत् प्रतिस्पर्धा हुने

नेपालभ्युज

मधेसमा टुटेकै हो त सत्ता गठबन्धन ?

काठमाडौं। सहमति हुन नसकेपछि मधेश प्रदेशका पाँच क्षेत्रमा सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ। सहमति हुन नसक्दा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका तीन निर्वाचन क्षेत्रमा गठबन्धनबी नै प्रतिस्पर्धा हुने भएको हो।

सहमति गर्न नसकेपछि गठबन्धनका पाँच दलले यी क्षेत्रमा ‘मित्रवत्’ प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन्। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छन्।

सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको उम्मेदवारको सूची अनुसार धनुषा क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट रामकृष्ण यादव र एकीकृत समाजवादीबाट रामचन्द्र झा उम्मेदवार छन्।

यस्तै, सर्लाही क्षेत्र नं २ मा माओवादी केन्द्रका महिन्द्र राय यादव र लोसपाका राजेन्द्र महतोले उम्मेदवारी दिएका छन्। प्रदेश सभातर्फ सर्लाही क्षेत्र नं १ (क)मा माओवादी केन्द्रले रामचन्द्रसिंह कुशवाह र लोसपाले उपेन्द्र महतोलाई उम्मेदवार बनाएका छन्।

बारा क्षेत्र नं १ (ख)मा कांग्रेसले नागेन्द्रप्रसाद कानू र नेकपा एकीकृत समाजवादीले बतहु यादवलाई उम्मेदवार बनाएका छन्। पर्सा क्षेत्र नं ३ (ख)मा कांग्रेसका जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी उम्मेदवार रहेका छन्। प्रदेश सभाकै दुई क्षेत्रमा सत्ता गठबन्धनबीच अझै सहमति हुन सकेको छैन।

सिरहा क्षेत्र नं ३ (ख)मा कांग्रेसले सञ्जयप्रकाश यादव र एकीकृत समाजवादीले प्रमोद यादवलाई उम्मेदवार बनाएका छन्। यस्तै,महोत्तरी क्षेत्र नं २ (क)मा एकीकृत समाजवादीले मञ्जु यादव र लोसपाले जयनुल राइनलाई उम्मेदवार बनाएका छन्। यी क्षेत्रमा सहमति जुटाउन छलफल भइरहेको दलहरूले बताएका छन्।

मधेश प्रदेशमा प्रतिनिधि सभाका लागि ३२ सीट र प्रदेश सभाका लागि ६४ सीट छन्। यस्तै गठबन्धनबीच देशका अन्य क्षेत्रमा पनि मित्रवत् प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले दाबी नछाडेपछि र दुवैको आधिकारिक चिन्ह लिएका उम्मेदवारले जित्ने दाबी गरेका कारण मित्रवत प्रतिस्पर्धा गर्न लागिएको दलहरूले बताएका छन्।

गठबन्धन दलहरूबीच प्रदेशसभाका ११ वटा क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन्। त्यस्तै ५ वटा प्रदेशसभाका क्षेत्रमा अझै पनि मिलाउन छलफल जारी रहेको छ।

मित्रवत प्रतिस्पर्धा हुने क्षेत्रहरू

प्रतिनिधिसभा

धनुषा २-कांग्रेस र नेकपा एकीकृत समाजवादी

सर्लाही २-माओवादी र लोसपा

काठमाडौं १०-कांग्रेस र माओवादी

प्रदेशसभा

सर्लाही १ (१) -माओवादी र लोसपा

महोत्तरी २ (२) -नेकपा एकीकृत समाजवादी र लोसपा

बारा १ (२) – कांग्रेस र नेकपा एकीकृत समाजवादी

पर्सा ३ (२) -कांग्रेस र नेकपा एकीकृत समाजवादी

काठमाडौं ३ (२) -कांग्रेस र नेकपा एकीकृत समाजवादी

काठमाडौं ५ (२)- कांग्रेस र नेकपा एकीकृत समाजवादी

काठमाडौं १० (१) -कांग्रेस र माओवदाी

काठमाडौं ६ (२) – कांग्रेस र माओवादी

बाँके २ (१) – कांग्रेस र नेकपा एकीकृत समाजवादी

बाँके २ (२) – कांग्रेस र माओवादी

कञ्चनपुर २ (२)- कांग्रेस र नेकपा एकीकृत समाजवादी

कञ्चनपुर ३ (१)- माओवादी र नेकपा एकीकृत समाजवादी

छलफल जारी

स्याङ्जा २ (१) – कांग्रेस र नेकपा एकीकृत समाजवादी

हुम्ला १- माओवादी र नेकपा एकीकृत समाजवादी

सुर्खेत २ (१)- कांग्रेस र नेकपा एकीकृत समाजवादी

सुर्खेत २ (२) -माओवादी र नेकपा एकीकृत समाजवादी

बाजुरा १- माओवादी र नेकपा एकीकृत समाजवादी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved