जुवा खेल्दाखेल्दै २ लाख ८६ हजार रूपैयाँसहित ८ जना पक्राउ

नेपालभ्युज

जुवा खेल्दाखेल्दै २ लाख ८६ हजार रूपैयाँसहित ८ जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। जुवा खेलेको आरोपमा काठमाडौंको पैयाटारबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटारस्थित भीमबाबु केसी घरबाट ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनीहरूबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved