खण्डग्रास सूर्य ग्रहण आज, नेपालमा अपरान्ह ४ बजेर ४७ मिनेटदेखि देख्न सकिने

आज खण्डग्रास सूर्य ग्रहण साँझ ४ बजेर ४७ मिनेटदेखि अवलोकन गर्न सकिने भएको छ।  नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५४ मिनेटमा, पोखरामा ४ बजेर ५१ मिनेटमा, झापाको भद्रपुरमा ४ बजेर ५८ मिनेटमा, जनकपुरमा ४ बजेर ५६ मिनेटमा र कञ्चनपुरको महेन्द्रनगरमा ४ बजेर ४७ मिनेटमा ग्रहण देखिने छ।

नेपालभ्युज

खण्डग्रास सूर्य ग्रहण आज, नेपालमा अपरान्ह ४ बजेर ४७ मिनेटदेखि देख्न सकिने

काठमाडौं। आज खण्डग्रास सूर्य ग्रहण अपरान्ह ४ बजेर ४७ मिनेटदेखि अवलोकन गर्न सकिने भएको छ।

नेपाली समयअनुसार काठमाडौंमा ४ बजेर ५४ मिनेटमा, पोखरामा ४ बजेर ५१ मिनेटमा, झापाको भद्रपुरमा ४ बजेर ५८ मिनेटमा, जनकपुरमा ४ बजेर ५६ मिनेटमा र कञ्चनपुरको महेन्द्रनगरमा ४ बजेर ४७ मिनेटमा ग्रहण देखिने छ।

वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रालय विकास समितिले दिएको जानकारी अनुसार  काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।

नेपालको सबै भागबाट केही क्षणका लागि सूर्यास्तको समयमा पश्चिम–दक्षिण पश्चिम भागमा अवलोकन गर्न सकिनेछ।

नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैंन ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ।

खण्डग्रास, खग्रास तथा वलयाकार सूर्य ग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्दछ।

सूर्य ग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुन सक्दछ। पृथ्वीको एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछिमात्र लाग्दछ ।

चन्द्रमाले सूर्यबाट आएको सम्पूर्ण प्रकाशलाई छेक्नाले पृथ्वीमा सघन छायाँ पर्न गई पृथ्वीको उक्त भागमा अवस्थित व्यक्तिहरूले खग्रास सूर्यग्रहण अवलोकन गर्न सक्दछ।

चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिहरूले केवल खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्दछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved