दीपावलीको लागि बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

जनकपुरधाममा करेन्ट लागेर दुईजना युवकको मृत्यु भएको छ। दीपावलीका लागि घर सजाउनको लागि झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर दुई युवकको मृत्यु भएको हो।

जनकपुरधाम। जनकपुरधाममा करेन्ट लागेर दुईजना युवकको मृत्यु भएको छ। दीपावलीका लागि घर सजाउनको लागि झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर दुई युवकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ बेल्ही बस्ने सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादव र जनकपुरधाम–२२ बसबिट्टी बस्ने नवल मिश्रका १९ वर्षीय छोरा अमित मिश्र रहेका छन्।

आइतबार साँझ साढे ७ बजेको समयमा दीपावलीका लागि आफ्नो घरमा झिलिमिली बत्ती जोड्ने क्रममा शिवराजलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

त्यस्तै, जनकपुरधाम–२२ बसबिट्टीस्थित आफ्नो घरमा सोमबार दिउँसो झिलिमिली बत्ती जोडिरहेको बेला १९ वर्षीय अमित मिश्रलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका मिश्रको जनकपुरधाम–७ स्थित स्वस्तिका अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी क्षेत्रीले बताए।

मृतक दुवै जनाको शव पोष्टमार्टमपश्चात परिवारजनको जिम्मा लगाइएको धनुषा प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved