कर्णालीले प्रतिगमनविरुद्ध आन्दोलन गरेको छ – प्रचण्ड

नेपालभ्युज

कर्णालीले प्रतिगमनविरुद्ध आन्दोलन गरेको छ – प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीले प्रतिगमन विरुद्धको आन्दोलनको नेतृत्व गरेको बताएका छन् । सुर्खेतमा वीरेन्द्रनगरमा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा कर्णालीले प्रतिगमन विरुद्ध आन्दोलनको नेतृत्व गरेको बताएका हुन् ।

कर्णालीमा माओवादीको सरकार बचाउन फ्लोरक्रस गरेका पूर्व एमालेका सांसदहरू प्रति लक्षित गर्दै प्रतिगमन विरुद्धको आन्दोलनको नेतृत्व गरेको उनले बताएका हुन् ।

‘तपाईँहरूले प्रतिगमनविरुद्ध गरेको आन्दोलनलाई सम्मान गर्दै गठबन्धनका अन्य दल बलिया भएको ठाउँमा पनि हामीले तपाईँको सम्मान गर्दै टिकट दिएका छौँ ’ उनले भने, ‘गठबन्धनलाई त्यसैको आधारमा बनेको हो।’

उनले संविधान, गणतन्त्रको रक्षाको लागि वाम लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved