जनतालाई भ्रममा पारेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवार बन्जाडेलाई आयोगको स्पष्टीकरण

नेपालभ्युज

जनतालाई भ्रममा पारेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवार बन्जाडेलाई आयोगको स्पष्टीकरण

अर्घाखाँची। हाम्रो नेपाली पार्टीबाट अर्घाखाँची जिल्लाको प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका दुर्गाप्रसाद बन्जाडेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

पार्टीको चिह्नबाट उम्मेदवार बनेका बन्जाडेले स्वतन्त्र उम्मेदवार हुँ भनेर जनतालाई भ्रममा पारेको पाइएको भन्दै आयोगले के कति कारणले कारबाही गर्नु नपर्ने हो २४ घण्टाभित्र कार्यालयमा स्वयं उपस्थित भएर स्पष्टीकरण दिन भनेको हो ।

हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका बन्जाडेले आफूलाई स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार गरेको देखिएकोले स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । ‘उहाँले लौरो चिह्न स्वतन्त्र हो, म पनि स्वतन्त्र उम्मेदवार हुँ भनेर प्रचार गरेको पाइयो’, जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भण्डारीले भने, ‘जनतालाई भ्रममा पार्ने काम आचारसंहिता विपरीत हुन्छ ।’

आयोगले शिक्षक, कर्मचारी तथा पत्रकारहरूलाई समेत आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ । पत्रकार जितेन्द्र खत्री र सूर्यप्रसाद भुसालले आचारसंहिता विपरीत दलका उम्मेदवारलाई भोट मागेको भन्दै स्पष्टिकरण सोधिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved