ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

नेपालभ्युज

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं। दार्चुलामा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सदरमुकाम खलंगाबाट शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सुप प्र.२००१ त १४६७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका-६ का २३ वर्षीय सन्तोष डाँगा र कञ्चनपुरका कञ्जु रानाको मृत्यु भएको मृत्यु भएको प्रहरी निरीक्षक राजेश शाहीले बताए।

राना चालक हुन् । ट्याक्टर सडकबाट ४० मिटर तल खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved