चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी चिनफिङ

नेपालभ्युज

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी चिनफिङ
फाइल तश्वीर

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशनले पुन: सी चिनफिङलाई महासचिवमा चयन गरेको छ । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् ।

गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ ।

सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेकोमा पुराना उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved