मध्यप्रदेशमा बस दुर्घटना : १५ जनाको मृत्यु, ३५ गम्भीर घाइते

नेपालभ्युज

मध्यप्रदेशमा बस दुर्घटना : १५ जनाको मृत्यु, ३५ गम्भीर घाइते

नयादिल्ली। मध्य प्रदेशको रिवानजिक राष्ट्रिय राजमार्ग–३० मा शुक्रबार राति ठूलो दुर्घटना भएको छ । बस र ट्रक एक आपसमा ठोक्किँदा १५ यात्रुको मृत्यु भएको छ भने ५५ यात्रु घाइते भएका छन् । यसमध्ये ३५ जना गम्भीर रहेका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ।

रेवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा शुक्रबार राति ११ः३० बजे दुर्घटना भएको हो । प्रत्यक्षदर्शीका अनुसार पहाडबाट ओर्लने क्रममा बस ट्रकमा ठोक्किएको थियो । दुर्घटना हुँदा बसको गति निकै तीव्र थियो । बस हैदरावादबाट गोरखपुर जाँदै थियो । मृत्यु हुनेमा अधिकांश उत्तर प्रदेशका रहेको बताइएको छ । घाइते हुनेमा अधिकांश मजदुर रहेका छन् । सबै जना दीपावली मनाउन घर फर्किरहेका थिए ।

बसको अगाडिको भागमा बढी क्षति पुगेको रेवाका कलेक्टर मनोज पुष्पले बताए । जसका कारण बसको क्याबिन र अगाडिको सिटमा बसेका यात्रुको मृत्यु भएको छ भने घाइते यात्रुलाई सञ्जय गान्धी अस्पताल (रेवा) पठाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved