सत्ता गठबन्धनको नेता कार्यकर्ता भेला आज विराटनगर र जनकपुरमा

सत्ता गठबन्धनको नेता कार्यकता भेला अन्तर्गत आज प्रदेश एक र मधेश प्रदेशमा कार्यक्रम हुँदैछ। यसअघि नै तय भएको कार्यक्रम कांग्रेसको समन्वयमा प्रदेश एकको विराटनगर र मधेश प्रदेशको जनकपुरमा हुँदैछ।

नेपालभ्युज

सत्ता गठबन्धनको नेता कार्यकर्ता भेला आज विराटनगर र जनकपुरमा

काठमाडौं। सत्ता गठबन्धनको नेता कार्यकता भेला अन्तर्गत आज प्रदेश एक र मधेश प्रदेशमा कार्यक्रम हुँदैछ। यसअघि नै तय भएको कार्यक्रम कांग्रेसको समन्वयमा प्रदेश एकको विराटनगर र मधेश प्रदेशको जनकपुरमा हुँदैछ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु भेलामा सम्बोधनका लागि पुग्नुहुनेछ। मधेश प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउन लागेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिए।

सत्ता गठबन्धनले हिजो बुटवल र पोखरामा संयुक्त नेता–कार्यकर्ता भेला गरेको थियो । आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रूपमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका थिए।

भोलि छ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ। अन्तिम भेला ७ गते माओवादीको समन्वयमा काठमाण्डौमा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved