नेपाली नागरिकता बोकेकी चिनियाँ जासुस भिक्षु दिल्लीबाट पक्राउ

नेपालभ्युज

नेपाली नागरिकता बोकेकी चिनियाँ जासुस भिक्षु दिल्लीबाट पक्राउ

काठमाडौं। नेपाली नागरिकता बोकेका एकजना चिनियाँ जासुसलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। दिल्लीको विशेष सेलले ४४ वर्षीया चिनियाँ महिला चाइ रउलाई दिल्लीबाट पक्राउ गरेको हो। उनीमाथि भारतको विभिन्न सरकारी कार्यालय र मन्त्रालयहरुबाट गोप्य सूचना चुहाएको आरोप  छ।

दिल्ली प्रहरीका अनुसार उनी विगत दुई वर्षदेखि आफ्नो पहिचान लुकाएर दिल्लीमा बस्दै आएकी छन्। उनको साथमा रहेको डोल्मा लामा नामको  नेपाली नागरिकता र पासपोर्टसमेत बरामद गरिएको छ।  उनी डोल्मा लामा बनेर भिक्षुको भेषमा जासुसी गर्दै आएको दिल्ली प्रहरीले जनाएको छ।

पक्राउ परेकी ती महिलालाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ। दिल्ली प्रहरी स्रोतका अनुसार ती महिला नेपालको सीमाबाट बिहार हुँदै दिल्ली पुगेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved