ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा दाजुभाइसहित चार जनाको ज्यान गयो

नेपालभ्युज

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा दाजुभाइसहित चार जनाको ज्यान गयो

ताप्लेजुङ।  ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा दाजुभाइसहित चार जनाको ज्यान गएको छ । मैवाखोला गाउँपालिका–१ तेल्लावुङवाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् । उनीहरू आमा बिरामी भएपछि ढुङगेसाँघुबाट ट्याक्टर लिएर घरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

त्यस्तै ट्याक्टरमा सवार वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved