बालेनले फुटपाथबाट हटाए शर्मिलालाई, साम्पाङले गरे एक महिनाको तलब पठाइदिने घोषणा

नेपालभ्युज

बालेनले फुटपाथबाट हटाए शर्मिलालाई, साम्पाङले गरे एक महिनाको तलब पठाइदिने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले  थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिलालाई जबर्जस्ती हटाएपछि शुक्रबार साँझ फेसबुकमा एक स्ट्याटस लेख्दै साम्पाङले यस्तो घोषणा गरेका हुन् ।

‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!,’ साम्पाङले स्ट्याटसमा लेखेका छन्।

तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved