निर्वाचन आयोगले संचालनमा ल्यायो इ–बुलेटिन र कल सेन्टर

नेपालभ्युज

निर्वाचन आयोगले संचालनमा ल्यायो इ–बुलेटिन र कल सेन्टर
फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि शुक्रबार देखि निर्वाचन इ–बुलेटिन र कल सेन्टर सञ्चालन गरेको छ । आयोगले स्थापना गरेको प्रेस अफिसको संयोजनमा सञ्चालित भएको सो इ–बुलेटिन र बेग्लै संयन्त्रबाट कल सेन्टर सञ्चालनमा आएको हो ।

आयोगमा आज आयोजित कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ती दुवै सेवाको शुभारम्भ गरे । उनले सञ्चारमाध्यम र सम्बद्ध पक्षलाई आयोगका निर्णय, गतिविधि र निर्वाचनका सूचना अनलाइनका रुपमा प्रवाह गर्न उक्त सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे । पैसा नलाग्ने (टोल फ्रि) ११०२ नम्बरमा जुनसुकै दूरसञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा आएको हो । हाल दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म छ जना कर्मचारीबाट सञ्चालित हुने सो सेवाबाट लाभ लिन प्रमुख आयुक्त थपलियाले आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved