होटेलमा प्रेमिकालाई जलाएको आशंकामा प्रेमी पक्राउ

प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्रोल छर्किएर आगो लागेको देखिएको काठमाडौं प्रहरीले जनाएको छ। पक्राउ परेका रिजाल र ती युवती प्रेमी–प्रेमिका भएको प्रहरीको आशंका छ।

नेपालभ्युज

होटेलमा प्रेमिकालाई जलाएको आशंकामा प्रेमी पक्राउ

काठमाडौं। काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा आगोले जलेर युवतीको शंकास्पद मृत्यु भएपछि २ जना पक्राउ परेका छन्। सोमबार बिहान घटना भएपछि बुधबार मात्र प्रहरीले थाहा पाएपछि होटेलका कर्मचारीहरू पक्राउ परेका हुन्।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका–१४ का २६ वर्षीय केशव रिजाल पक्राउ परेका हुन्।

चाबहिल बस्दै आएकी २३ वर्षीया युवतीको आगोबाट जलेर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोबाट जलेर घाइते भएपछि केशव रिजालले ती युवतीलाई वीर अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार असम्भव भएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो।

प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्रोल छर्किएर आगो लागेको देखिएको काठमाडौं प्रहरीले जनाएको छ। पक्राउ परेका रिजाल र ती युवती प्रेमी–प्रेमिका भएको प्रहरीको आशंका छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved